Skip This
रुपन्देहीको उपचुनावका आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २६ सोमबार १o:२३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रुपन्देहीको उपचुनावका आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १o:२३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ । आइतबार केन्द्रीय कार्यालयमा बोलाएर रास्वपाले आवेदकसँग सामूहिक छलफल गरेको छ । रास्वपा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सहजीकरण गरेका थिए ।

सोमबार उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन हुने प्रवक्ता मनीष झाले बताए । त्यसलगत्तै २७ साउनदेखि ११ भदौसम्म उम्मेदवारहरूको प्रस्तुतीकरण लिइने रास्वपाको उम्मेदवार छनोट कार्यतालिका छ । १३ भदौसम्म प्रारम्भिक निर्वाचन सम्पन्न गरी १५ भदौमा उम्मेदवारको अन्तिम नाम प्रकाशन गरिने तालिका रहेको झाले बताए ।

‘सर्वसम्मत प्रयासका लागि आइतबार छलफल सकियो, निष्कर्ष निस्किएन । त्यसकारण अब बाँकी प्रक्रिया सम्बन्धित जिल्लामै सम्पन्न गरेर उम्मेदवार छनोट गरिनेछ,’ झाले भने । उम्मेदवारका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् ।