Skip This
दाउन्नेको बाटो आज पनि अवरुद्ध  
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
२o८२ श्रावण २६ सोमबार १२:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दाउन्नेको बाटो आज पनि अवरुद्ध  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १२:o४:oo

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटववल सडकखण्ड आज पनि विहानैदेखि अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार दाउन्नको विश्वकर्मा मन्दिरदेखि केही माथि ६५ मोडबाट सडक अवरुद्ध भएको हो । यहाँ बाटो बिग्रिएको र सडक पानीले हिलो र चिप्लो भएको कारण अवरुद्ध भएको उनले जानकारी दिए । दाउन्ने सडक खण्ड पछिल्लो एक सातादेखि अनियमित रहेको छ । सोमबारदेखि दाउन्नेको सडकमा यातायात सञ्चालन अनियमित भएको छ । 

नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिरदेखि ६५ मोड भन्ने ठाउँसम्म करिब डेढ किलोमिटर बाटो ठाउँठाउँमा एकतर्फी रहेको छ । जहाँ सामान्य पानी परेर बाटो हिलो र चिप्लो हुनासाथ सवारी साधन उकालोमा उक्लन नसकि फस्ने गरेका कारण सडक अवरुद्ध हुने गरेको छ । 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निक्कै कम रहेको प्रहरीले जनाएको छ ।दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये दाउन्ने केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा बाटो हिलो हुने र घाम लाग्दा बाटो धुलाम्य हुने गरेको छ ।

१४ किलोमिटर सडकखण्डमध्ये पश्चिमतर्फ तीन किलोमिटर बाटो कालो पत्रे भएको छ भने पूर्व र पश्चिम खण्डमा गरी करिब २ किलोमिटर सडक एकतर्फी ढलान भएको छ ।अहिले सबैभन्दा बढी दाउन्नेको विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा समस्या देखिने गरेको छ । यहाँ कल्भर्ड निर्माणको काम नसकिएको कारण बाटो एकतर्फी मात्र रहेको छ । भने कतिपय ठाउँमा ढालनको काम भईरहेको क्षेत्रमा पनि बाटो एकतर्फी रहेको छ । यस क्षेत्रमा अहिले पनि चार/पाँच ठाउँमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । 

दाउन्नेको सडक खण्डका कारण यस बर्षको चाडपर्वमा यात्रुहरुलाई यात्रा असहज हुने भएको छ । यात्रुहरु यस पटकको चाडपर्वमा पनि दाउन्नेमा जोखिम मोलेर यात्रा गर्न बाध्य हुने भएको छ ।