Skip This
सवारी दुर्घटनामा सर्लाही र नवलपुरमा चारजनाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २६ सोमबार o८:o९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सवारी दुर्घटनामा सर्लाही र नवलपुरमा चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार o८:o९:oo

सर्लाही र नवलपुरमा भएका सवारी दुर्घटनामा चारजनाले ज्यान गुमाएका छन् । आइतबार सर्लाहीमा दुई र नवलपुरमा दुई गरी चारजनाले ज्यान गुमाएका हुन् ।

आइतबार बरहथवा र हरिवनमा छुट्टाछुट्टै घटनामा परेर दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार बरहथवा नगरपालिका– १६ मा लखन्देही खोलाले बगाएर कविलासी नगरपालिका– १, पिपरियाका ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो । त्यस्तै, हरिवन नगरपालिकास्थित सुकेपोखरीमा मोटरसाइकलको ठक्करबाट १४ वर्षीया दीपिका बुढाथोकीको मृत्यु भएको हो । 

उता, नवलपुरको गैँडाकोटमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना.५ख ८४१७ नम्बरको ट्रकले लु.५५प ३१३४ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । दुर्घटनामा ट्रकचालक बारा परवानीपुर गाउँपालिका– १ का ३५ वर्षीय रिजवान मियाँ र स्कुटरचालक कावासोती– ३ का ५२ वर्षीय दलबहादुर सुनार विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।