Skip This
बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै पार्टी प्रकरण : डिएसपीलाई उन्मुक्ति, इन्स्पेक्टरलाई विभागीय कारबाही सिफारिस
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
सौरभ यादव काठमाडाैं
२o८२ श्रावण २६ सोमबार o९:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै पार्टी प्रकरण : डिएसपीलाई उन्मुक्ति, इन्स्पेक्टरलाई विभागीय कारबाही सिफारिस

Read Time : > 1 मिनेट
सौरभ यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार o९:१o:oo

जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले जिल्ला प्रहरी कार्यालय सप्तरीपरिसरस्थित डिएसपीनिवासमा ‘सेलिब्रेसन’ गरेको विषयमा गठित छानबिन समितिले डिएसपीलाई उन्मुक्ति दिँदै तत्कालीन अनुसन्धान अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपीनिवासमा पार्टी दिएको विषयमा नयाँ पत्रिकामा समाचार आएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो । समितिले छानबिन गरेर प्रतिवेदन डिआइजीलाई बुझाएको हो । 

मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी उमाप्रसाद चतुर्वेदीले छानबिन प्रतिवेदनमा डिएसपी दोषी नदेखिएको बताए । ‘इन्स्पेक्टरले पनि बोलाएको होइन, तर आफैँले मुद्दा चलाएको व्यक्तिसँग नबस्नुपर्ने हो, ती व्यक्तिसँग बसेको फोटो खिचेको ‘सेलिब्रेसन’ मनाएका कारण तत्कालीन अनुसन्धान अधिकृत मनीष श्रेष्ठलाई विभागीय कारबाहीका लागि समितिले सिफारिस गरेको छ,’ उनले भने । 

जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा भव्य पार्टी आयोजना गरेका थिए । बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट गत ४ जेठमा सफाइ पाएका राजविराज नगरपालिका– ६ का आकाश आदर्शले भोलिपल्टै मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षकको ‘बर्थ डे सेलिब्रेसन’ गरेका हुन् । यो मुद्दामा तत्कालीन अनुसन्धान अधिकृत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन सेलिब्रेसन भन्दै पार्टी आयोजना गरिएको थियो । जसमा डिएसपी बस्नेत, प्रहरी निरीक्षक श्रेष्ठ, अर्का प्रहरी निरीक्षक उदयकुमार राई तथा एक दिनअघि सफाइ पाएका आकाश आदर्शसहित सहभागी थिए ।

आदर्शले सञ्चालन गरेको राजविराजको तन्दुरी रेस्टुरेन्टमा काम गर्ने एक महिलाले उनीमाथि जबर्जस्ती करणी गरी भिडियो बनाई सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याएको भन्दै ०८१ असोजमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले आदर्शलाई राजविराजबाट नियन्त्रणमा लिएर प्रहरी निरीक्षक मनीष श्रेष्ठलाई अनुसन्धान अधिकृत तोक्दै अनुसन्धान सुरु गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयमार्फत सप्तरी जिल्ला अदालतमा पेस गरिँदा थुनछेक बहसका क्रममा आदर्श पाँच लाख धरौटीमा छुटेका थिए । प्रहरी निरीक्षक श्रेष्ठले मुद्दाको अनुसन्धान टुंग्याएपछि गत २० कात्तिकमा सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको थियो ।