Skip This
रुपन्देही–३ को उपनिर्वाचनमा एमालेबाट चारजना आकांक्षी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार

रुपन्देही–३ को उपनिर्वाचनमा एमालेबाट चारजना आकांक्षी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा उमेदवार बन्न नेकपा एमाले बाट ४ जनाले आकांक्षा देखिएका छन्।
नेकपा एमाले रुपन्देही क्षेत्रनं ३ नं क्षेत्रीय समन्वय समितिको शुक्रबारको विस्तारित बैठकमा ४ जनाले मात्रै उम्मेदवार हुन आकांक्षा व्यक्त गरेका हुन्।  

यसअगाडि नेकपा एमालेले भने एकजना अनिवार्य महिलासहित ३ जनाको नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई भनेको थियो।

शुक्रबार सम्पन्न बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा सोही क्षेत्रको इन्चार्जसमेत रहेका खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्वनगर प्रमुख हरि अधिकारी, व्यवसायी शशी पौडेल र भैरहवाका यज्ञजित शाहले उम्मेदवारमा दाबी गरेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।

कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनमा भदौ १५ गतेभित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन केन्द्रले क्षेत्रीय समन्वय समितिलाई समयसीमा दिएको थियो ।

विस्तारित बैठकमा उम्मेदवार बन्न इच्छुकहरूसँग नाम मागिएकोमा चारजनाले आफूहरू  उम्मेदवार बन्न इच्छुक रहेको भन्दै केन्द्रमा सिफारिसका लागि अनुरोध गरेका थिए।

बैठकमा चारजनाले आकांक्षा देखाए पनि पार्टी केन्द्रीय कमिटी बैठकले एक महिला सदस्यसहितको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुईजना पुरुष र एकजना महिलाको नाम पठाइने जनाएको छ। नामावलीहरू क्षेत्रबाट जिल्लामा आउने र जिल्लाबाट अगाढी बढाउँदा केन्द्रको निर्णयअनुसार एक जना महिलाको नामसहित तीनजनाको नाम सिफारिस हुने गरी अगाडि बढाइने जनाइएको छ। 

२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बोहराको २०८१ चैत १९ गते निधन पछि रिक्त रहेको छ। २०७९ सालको निर्वाचनमा रुपन्देही ३ मा एमालेले राप्रपाका दीपक बोहरालाई सघाएको थियो।