Skip This
लालु यादवमाथि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
सौरभ यादव राजविराज
२o८२ श्रावण २३ शुक्रबार o९:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लालु यादवमाथि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसियो

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार o९:o४:oo

सप्तरीको राजगढ गाउँपालिका– २ मा प्रहरीले चलाएको गोली लागेर लालु यादवको मृत्यु भएपछि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसिएको  छ।

मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी उमा चतुर्वेदीका अनुसार इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको छ । उनले छानबिन समितिका लागि तयारी थालिएको र इन्स्पेक्टर यादवलाई जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरी कार्यालय फिर्ता बोलाएको जानकारी दिए ।

लालु यादव, स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्। मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गोली चलाउँदा उनको मृत्यु भएको थियो। घटनापछि मृतक परिवार र स्थानीयवासी आक्रोशित बनेका थिए। बुधबार दिनभर प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग राखेपछि बिहीबार प्रशासन र पीडित पक्षबिच सहमति भएको हो।

घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने र समितिको प्रतिवेदनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले  जानकारी दिए  । 

यसैगरी प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई घटनाको छानबिन नहुँदासम्म जिम्मेवारीबाट अलग गर्न तालुक निकायमा अनुरोध गर्ने सहमति भएको छ ।आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी शव परिवारका सदस्यले बुझेर अन्तिम संस्कार गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए  ।