
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगोबापत बैंक जमानत अदालतमा बुझाएका छन् । आफूलाई थुनाबाहिर राख्न माग गर्दै निवेदन दिएका उनले शुभचिन्तकहरूबाट प्राप्त सहयोगले अदालतमा आफ्नो भागको बिगोबापतको बैंक जमानत पनि पेस गरेका हुन् ।
सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरिसकेको उनको सचिवालयले जनाएको छ । रूपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा उनीसहितका प्रतिवादीहरूलाई एकमुस्ट १० करोड ९९ लाख बिगो कायम गरिएको छ ।