मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नीताको ‘सुख दु:ख’मा विपना थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छिन्। उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो।

यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए। यो उनीहरूको दोस्रो सहकार्य हो। विपनाले फिल्म ‘सुख दुःख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन्। उनले फिल्मको कथाले नै आफूलाई मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा असाध्यै उत्साहित भएको बताइन्।

नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी भएको बताइन्। उनका अनुसार यो फिल्ममा विपनाको महत्त्वपूर्ण भूमिका रहेको छ। नीताले यसअघि यो फिल्मका लागि कलाकारका रूपमा मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्ध गरिसकेकी छिन्। यस फिल्मको अन्य कलाकार र प्राविधिक पक्षबारे बिस्तारै जानकारी दिँदै जाने निर्देशक अधिकारीको भनाइ छ।

आगामी फागुनबाट छायांकनमा जाने यो फिल्मलाई चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्दै छन्। ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैँको फूलपातीबाट प्रदर्शनमा आउँदै छ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।