मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार o६:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रुपन्देही ३ को उपनिर्वाचनमा एमालेबाट चारजना आकांक्षी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार o६:५२:oo
  • पार्टी पोलिटब्युरो सदस्य तथा सोही क्षेत्रको इन्चार्जसमेत रहेका खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख हरि अधिकारी, व्यवसायी शशी पौडेल र भैरहवाका यज्ञजित शाहले उम्मेदवारमा दाबी गरेका छन्

आगामी १७ कात्तिकमा हुने रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षा देखिएका छन् । एमाले रुपन्देही ३ नम्बर क्षेत्रीय समन्वय समितिको शुक्रबारको विस्तारित बैठकमा चारजनाले मात्रै उम्मेदवार हुन आकांक्षा व्यक्त गरेका हुन् ।

यसअघि एमालेले एकजना अनिवार्य महिलासहित तीनजनाको नाम सिफारिस गर्न क्षेत्रीय समितिलाई भनेको थियो । शुक्रबार सम्पन्न बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा सोही क्षेत्रको इन्चार्जसमेत रहेका खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख हरि अधिकारी, व्यवसायी शशी पौडेल र भैरहवाका यज्ञजित शाहले उम्मेदवारमा दाबी गरेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।

उपनिर्वाचनमा १५ भदौभित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन केन्द्रले क्षेत्रीय समन्वय समितिलाई सयमसीमा दिएको थियो । विस्तारित बैठकमा उम्मेदवार बन्न इच्छुकहरूसँग नाम मागिएकोमा चारजनाले आफूहरू उम्मेदवार बन्न इच्छुक रहेको भन्दै केन्द्रमा सिफारिसका लागि अनुरोध गरेका थिए ।