मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २० मंगलबार २२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भर्ना भएको १५ वर्षपछि सशस्त्र प्रहरीका ४८ इन्स्पेक्टरको डिएसपीमा बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार २२:१२:oo

सशस्त्र प्रहरी बलमा भर्ना भएका इन्स्पेक्टरको १५ वर्षपछि डिएसपीमा बढुवा सिफारिस भएको छ। २०६७ सालमा इन्स्पेक्टरबाट भर्ना भएका ४८ जनाको सोमबार डिएसपीमा बढुवा सिफारिस भएको हो। इन्स्पेक्टरको नवौँ ब्याचका अधिकतहरू बल्ल बढुवा भएका हुन्। सो ब्याचका अझै २९ जना छुटेका छन्। सो ब्याचका सबै बढुवा हुन अझै २ वर्ष लाग्ने अवस्था छ। 

सशस्त्र प्रहरीमा वृत्तिविकासको योजना कार्यान्वायन नहुँदा यस्तो समस्या आएको हो। सशस्त्र द्वन्द्वको समयमा इन्स्पेक्टरको दरबन्दी धेरै बनाएर भर्ना लिइएको थियो। तर, त्यसअनुसार वृत्तिविकास योजना बनाएर उच्च तहमा पनि दरबन्दी मिलाउन नसक्दा पछिल्लो समय सशस्त्रमा बढुवाको जाम बढेको छ। दुई वर्षअघि सशस्त्र प्रहरीमा तल्लो तहका पद कटौती गरी माथिल्लो तहका केही थप गरी समस्या समाधानको प्रयास भएको थियो। जुन पर्याप्त हुन सकेको छैन। पछिल्लो समय पनि सशस्त्र प्रहरीले केही पदका लागि प्रस्ताव गर्दै आए पनि अर्थ मन्त्रालयले बजेट दिएको छैन। 

यी हुन् डिएसपीमा बढुवा सिफारिस भएका अधिकृतहरूः