मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा पहिरोले विद्यालयमा क्षति, एक घरपरिवार विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

निरन्तरको वर्षापछि आएको पहिरोले सल्यानको एक विद्यालयमा क्षति पुगेको छ। जिल्लाको कालिमाटी गाउँपालिका– २, बागखोर झिँगानेमा रहेको सिर्जनशील माध्यमिक विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

विद्यालयभन्दा करिब ७० मिटरमाथिबाट लेदोसहितको पहिरो झरेपछि विद्यालयको प्रांगण पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए। वर्षा निरन्तर भइरहे विद्यालय भवनमा समेत क्षति पुग्न सक्ने उनको भनाइ छ।

उक्त पहिरोले विद्यालयनजिकै रहेको स्थानीय लालबहादुर वलीको परिवारसमेत विस्थापित भएको छ। पहिरोले घरको जोखिम भएपछि पाँचजनाको वलीको परिवार स्थानीय देवबहादुर खत्रीको घरमा आश्रय लिएको उनको भनाइ छ।

यस्तै, छत्रेश्वरी गाउँपालिका– २, रामचनेका बहादुर विक र दहखोलाका चक्रबहादुर केसीको घर पनि जोखिममा परेको छ। घरनजिकैबाट पहिरो गएपछि दुई घर जोखिममा परेका हुन्।

यता, दाङ–सुर्खेत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार दिउँसो कालिमाटी गाउँपालिका– २, भोटेतालनजिकै पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बिहान ५ बजेदेखि अवरुद्ध राप्ति राजमार्ग भने दिउँसो ३ बजेदेखि पुनः सञ्चालनमा आएको छ।