मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिउँसै गाउँमा हात्तीको मुभमेन्ट : जनता त्रसित, हात्ती लालझाडी टू शुक्लाफाँटा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

कञ्चनपुरको लालझाडी गाँउपालिका गाउँमा एक जंगली हात्ती गाउँमा पस्यो। मंगलबार एकाबिहानै लालझाडी राष्ट्रिय वनबाट जाई पर्सिया गाउँमा पसेको हात्ती दिउँसो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पसेको छ। 

भालेहात्ती गाउँमा पसेपछि जनता त्रसित भएका छन्। गत विगतका वर्षहरूमा पनि लालझाडीमा जंगली हात्तीले मानिसको ज्यान लिनेदेखि भौतिक अन्नबालीबाट क्षति पुर्‍याउँदै आएको थियो।

बथानबाट छुट्टिएर गाउँ पसेकोे एकल हात्ती देखेर स्थानीय त्रसितसँगै दर्शन गर्न पाएकोमा खुसी पनि देखिएका छन्। 
जिल्लामै हात्ती प्रभावित लालझाडी गाउँ भएकाले यसअघि राति आउने हात्ती अहिले दिनमै आएपछि जनता त्रसित भएका हुन्। 

स्थानीय शिवनाथ रानाले जंगलमा रहेको हात्ती बिहान गाउँ पसेपछि गाउँलेहरू जम्मा भएको बताए। ‘हामी गाउँ पर्‍यो, उसलाई हेर्नका लागि उताउता मानिसहरू जम्मा हुन थाले हात्ती निकुञ्जतिर गयो,' उनले भने, ‘जनतामा रहेको त्रास कम हुँदै गयो।’ घरनजिकै आएको हात्तीलाई सर्वसाधारणले दर्शन गरेका थिए।

डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले गाउँबाट निकुञ्ज पसेको हात्ती कतै भावी दिनमा पनि गाउँ आएर गर्न सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न टोली परिचालन गरिएको बताए।