मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देश र जनताको हितमै कानुन बन्छ, आशंका नगर्नू : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

गृहमन्त्री रमेश लेखकले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले कानुन बनाउने बताएका छन्। बहुविवाहलाई मान्यता दिने चर्चाबिच बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे।

उनले भने, ‘आजको बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी कानुनसम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव भएको छ।’

बहुविवाहका लागि आएको संशोधन व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्था र सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने सजाय कटौती र सफाइसम्बन्धी व्यवस्थालगायतको विषयमा थप छलफल र परिमार्जन गर्नुपर्ने देखिएको बताए।

उनले थपे, ‘हामी विधेयक समितिमै एउटा उपसमिति बनायौँ, त्यो उपसमितिले सम्बन्धित मन्त्रालयको राय–सल्लाह लिएर आवश्यक छलफल गरेर संशोधन हुन्छ। नागरिकका बिचमा भएको चर्चालाई विधेयक समितिले सम्बोधन गरेर कानून परिमार्जन गर्छ।’