मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यालय जान घरबाट हिँडेका दाजुबहिनी पाँच दिनपछि खोलामा मृत फेला 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

विद्यालय जान घरबाटसँगै  हिँडेका दाजुबहिनी पाँच दिनपछि मृत फेला परेका छन्। १५ साउनमा विद्यालय जान भनेर घरबाट  हिँडेका दाजुबहिनी पाँचथरको याङवरक गाउँपालिका– १, बिरुवा खोलामा  मृत अवस्था फेला परेका हुन् । 

पाँचथर प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीका अनुसार १० वर्षीय शिशिर राई र उनकी चार वर्षीया बहिनी नानुमा राई आज मंगलबार बिहान बिरुवा खोला किनारमा मृत अवस्थामा फेला परेका हुन् । घटनाको गहन अनुसन्धान थालेको र मृतक दाजुबहिनीको शव परीक्षणका लागि पठाएको प्रहरीले  जनाएको छ ।