मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

डार्क कमेडी फिल्म ‘ताराहरू’को नयाँ पोस्टर सार्वजनिक, आशान्तको हाँसो र पीडाको द्वन्द्वपूर्ण लुक्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५१:oo

आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ताराहरू’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन्।  

यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएकोमा यो फाइनल पोस्टर रहेको निर्माण पक्षले जनाएको छ। पोस्टरमा अभिनेता आशान्त शर्मा अशान्त र मानसिक रूपमा विचलित देखिन्छन् भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ।

चलचित्रको निर्देशकसमेत रहेका शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ। विशेषतः सहरको निम्नमध्यम वर्गीय परिवारको कथा चलचित्रमा देखाइएको उनको भनाइ छ।

चलचित्रमा शर्मासँगै कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय छ। गोपिनी सेढाईं र कृष्णप्रसाद पंगेनी निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो।