
एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना उत्पादनका लागि तयार भएको छ ।
विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार निरीक्षण गरी विद्युत् आयोजनाका अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावरहाउसलगायत संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
शतप्रतिशत स्वदेशी सिप र पुँजीबाट बनेको सर्वाधिक ठुलो अयोजना बिजुली उत्पादनका लागि तयार भएको हो । कार्यकारी निर्देशक शाक्यले आयोजनाअन्तर्गतको ७.२ किलोमिटरको सुरुङमा पानी चुहिने–नचुहिने सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।