मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ श्रावण १७ शनिबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाबाट झापा जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार १८:o५:oo

संखुवासभाबाट झापा जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान संखुवासभाको धर्मदेवी नगरपालिका–९, मूलगाउँबाट झापाको दमकको लागि छुटेको बा २ ख ७२४४ नम्बरको बस लालीगुराँस नगरपालिका टुटेदेउरालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी लीलाराज लामिछानेले बताए । उनको अनुसार बसमा सवार १४ जना यात्रुहरू घाइते भएका हुन् । 

घाइते हुनेहरूमा धर्मदेवी–९ का सविन विष्ट, अश्विन भारती र हिरा भारती, धर्मदेवी–६ का मनकुमार कटुवाल, श्रीमान तामाङ, सुजन कटुवाल, प्रतिमा तामाङ र सोममाया थायुम, धर्मदेवी–५ का धनमाया चापागाईं, धर्मदेवी–७ का विष्णु कटुवाल, भवानी कार्की र रत्नमाया कटुवाल, धर्मदेवी–१ का दलबहादुर कार्की र धनकुटा महालक्ष्मी नगरपालिका–१ का बिमल विश्वकर्मा घाइते भएका छन्। 

घाइतेलाई तेह्रथुमको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्था देखिएका सविन विष्ट र अश्विन भारती, रत्नमाया कटुवाल र दलबहादुर कार्कीलाई थप उपचरका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प पठाएको डिएसपी लामिछानेले बताए। बस दुर्घटनालगत्तै चालक संखुवासभा धर्मदेवी–६ का खेम महत फरार रहेको प्रहरीले जनाएको छ।