मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १४:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज महानगरकै बस्तीमा खानेपानीको अभाव, तीन सय मिटरको दूरीमा १२ वटा डिप बोरिङ जडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५९:oo

वीरगन्ज महानगरपालिकाअन्तगर्तको रानीघाट क्षेत्रमा तीन सय मिटरको दूरीमा १२ वटा डिप बोरिङ जडान भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सानजिकै पर्ने महानगरको वडा नम्बर ९, १० र वडा नम्बर ११ रहेको रानीघाट क्षेत्रमा १२ वटा डिप बोरिङ जडान भएको  हो। 

वडा नम्बर ९ मा रहेको जिल्ला प्रशासन कार्यालयदेखि पश्चिममा बनारसी चोक हुँदै एक सय मिटरको दूरीमा तीनवटा र उत्तरको गल्लीमा तीन सय मिटरको दूरीमा ६ वटा डिप बोरिङ जडान भएको देखिएको छ। खानेपानीको अभाव भएको क्षेत्रमा डिप बोरिङ जडानको माग र आवश्यकताभन्दा पनि कुनै प्रकारको मापदण्ड पालना नभएको स्पष्ट रूपमा देखिन्छ। 

यतिसम्म कि जिल्ला प्रशासन कार्यालय पर्सानजिक नै एक सय मिटरको दूरीमा तीनवटा डिप बोरिङ जडान भएको छ।पछिल्लो एक महिनाको अवधिमा तीन सय मिटरमा जडान भएको डिप बोरिङ जडानमा मापदण्डविपरीत हचुवाको भरमा बोरिङ जडान भएको स्थानीयवासीले आरोप लगाएका छन्। 

राजनीतिक पहुँचको आधारमा मापदण्डविपरीत आवश्यकताभन्दा बाहिरको क्षेत्रमा डिप बोरिङ जडान भएको उनीहरूको भनाइ छ। राजनीतिक दलका नेता–कार्यकर्ता नै उपभोक्ता समितिमार्फत डिप बोरिङ जडान गरेकाले आवश्यकताभन्दा पनि पहुँचको आधारमा भएको देखिएको छ। खानेपानीको अत्यधिक अभाव रहेको क्षेत्रमा दमकलबाट नियमित रूपमा पानी वितरणको कार्य भइरहेको छ । वीरगन्ज महानगरपालिकाको क्षेत्रमा संघ सरकारको समन्वयमा डिप बोरिङ गाड्ने काम गरेको छ ।

ट्यांकरमार्फत पानी वितरण
वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा खानेपानी समस्या छ । वडा नम्बर १९ विन्दवासिनी र रामगढवा २४ मा सबैभन्दा धेरै खानेपानीको अभाव छ । 
खानेपानी समस्या समाधानका लागि मधेश प्रदेश सरकार, नेपाली सेना, स्थानीय जनप्रतिनिधि र खानेपानी संस्थान मिलेर पानी वितरण गरिरहेका छन् ।
नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरको २८ बाहिनीअन्तर्गत श्री श्रीजंग गणले दैनिक तीन चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे) पानी वितरण गर्ने गरेको छ ।