मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्षमान पुन भन्छन्, ‘नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार हुँदैन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वलाई जनताले स्वीकार गर्दा पनि व्यक्तिगत आरोप लगाएर कमजोर गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का उपमहासचिव जनार्दन शर्माबिचको असमझदारी सार्वजनिक रूपमै सतहमा आएको वेलामा पुनले यस्तो बताएका छन्।

माओवादी केन्द्रले तयार पारेको भिडियो अन्तर्वार्तामा उनले भनेका छन्, ‘पार्टीभित्र प्रश्न उठेको विषयमा हामीले देशव्यापी रूपमा परामर्श बैठक पनि गर्‍यौँ, ठुलो जनवादको अभ्यास गर्‍यौँ, पार्टी केन्द्रीय कार्यालयमा पनि हामी झन्डै हप्ता दिन जति बहस गरेर जसलाई जे विषयमा बोल्न मन लागे पनि बोल्ने पार्टीको कार्यदिशा, नेतृत्वबारेमा झन्डै–झन्डै दुई घण्टा, अढाई घण्टासम्म पनि एकैजना साथीले बोल्नुभयो।’

उनले त्यसपछि स्थायी समितिको फेरि झन्डै एक हप्ता बैठक बसेको र त्यो बैठकमा पनि सबैले आ–आफ्नो कुरा राखेको बताए।

उनले थपे, ‘केन्द्रीय समिति ठुलो भयो, समय पाउँदैन, हप्तौँ दिन लाग्ने भएपछि प्रदेश-प्रदेशमा गएर केन्द्रीय सदस्यहरू, सल्लाहकारहरू, केन्द्रीय तहका पदाधिकारीहरू र प्रदेश पदाधिकारीहरूको बिचमा खुला छलफल भयो। त्यसरी हामी छलफल गरेपछि त्यो बैठकसम्म आइपुग्दा एक खालको फेरि एकता पनि पैदा भएको थियो।

पार्टीभित्र भएको संश्लेषण, अनुभवलाई लिएर तराई–मधेश जागरण अभियान र पहाडी लोकमार्गकेन्द्रित अभियान चलाएपछि पार्टीप्रति जनतामा उत्साह पैदा भएको पनि बताए।

पार्टीभित्रको पछिल्लो अन्तर्संघर्षबारे उनले भनेका छन्, ‘माओवादी फेरि जनतामा आयो भन्ने खालको एउटा लहर पनि पैदा भयो। त्यसपछि फेरि केही समस्या आयो, यो राम्रो विषय होइन। पर्याप्त जनवाद, पर्याप्त छलफल पनि गर्ने अनि फेरि आफ्नो कुरा बाहिर पनि राख्ने भन्दा यसले पार्टीभित्र अराजकता ल्याउँछ।’

पार्टीभित्र अनावश्यक गुटबन्दी, ध्रुवीकरण, पार्टी रूपान्तरण हुने दिशामा नेतृत्वलाई जस्तोसुकै राम्रो काम गर्दा पनि व्यक्तिगत आरोप र लाञ्छना लगाएर नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार नहुने बताए।

उनले थपे, ‘छलफल गर्न हामीले स्थायी समिति बैठक बोलाएका छौँ। त्यहाँ हामी छलफल गर्छौँ । जिम्मेवारीपूर्वक नै छलफल गर्छौँ। हामीलाई कुनै आवेग, उत्तेजना छैन। तर, आन्दोलनका विभिन्न मोडमा आउने प्रवृत्तिहरू, त्यस प्रकारका समस्याहरूसँग छलफल, बहस, रूपान्तरणकै विधिबाट जानुपर्छ।’