मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
२o८२ श्रावण १३ मंगलबार १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस बागमती दलको नेता लामाविरुद्धको अविश्वासको मत पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १३:१o:oo

मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको मत पारित भएको छ। विश्वासको मतसम्बन्धी निर्णय लिन केन्द्रीय सदस्य एवं केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थितिमा बसेको संसदीय दलको बैठकमा लामाविरुद्धको अविश्वासको मत पारित भएको हो।

अविश्वास प्रस्ताव दर्ता गर्दा २१ सांसदले हस्ताक्षर गरेको बुझाएकोमा निर्णयका क्रममा २२ सांसदले समर्थन गरेका छन्। अविश्वासको प्रस्तावकाे पक्षमा ५० प्रतिशतभन्दा बढी सांसदले समर्थन गरेकाले लामाे विश्वास गुमाएका हुन्।

अविश्वासको मतको विपक्षमा १५ सांसदले मात्र समर्थन गरेका छन्। योसँगै बानियाँलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको छ। संसदीय दलको नेता चयनमा गोप्य मतदान हुनेछ ।