मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ८ बिहीबार ११:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबलका ग्राहकलाई अन्नपूर्ण न्युरोमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार ११:o६:oo

ग्लोबल आइएमई बैंकका ग्राहकले अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरि गजुर्‍यालले हस्ताक्षर गरेका छन् ।

जसअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा ग्राहकलाई अस्पतालका सेवामा १० प्रतिशत छुट दिने उल्लेख छ । ग्राहकले हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी तथा अन्य विभिन्न सेवा शुल्कमा उक्त छुट पाउनेछन् । 

ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित भइसकेको बैंकले देशभरका साढे तीन सयभन्दा बढी आफ्ना शाखामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।