
कैलाली प्रहरीले गोदावरी नगरपालिका– ८, स्याउले गाउँका दुईजनालाई आज दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा २६ वर्षीय राजु चौधरीको घरमा लुकाइछिपाई राखिएको एक नाल भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टाको आधा भाग र २३ वर्षीय चन्द्रबहादुर चौधरीको घरबाट एकनाल भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता लोकराज जोशीले जानकारी दिए ।
साथै प्रहरीले गोदारी नगरपालिका– २ को एक होटेलबाट बझाङ जिल्ला छबिस पाथीभरा गाउँपालिका ३९ वर्षीय गगन बोहाेरालाई एक किलो लागुऔषध चरेससहित पक्राउ गरेको छ ।
त्यसैगरी, गोदावरी नगरपालिका– १ बाट बैतडी, सूर्नया गाउँपालिकाका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षकै महेश विकलाई हिँडिरहेको अवस्थामा शंका लागी जाँच गर्दा निजहरूको साथबाट ४६९ ग्राम चरेससहित पक्राउ गरिएको छ ।
लागुऔषध चरेस लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो ।