मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
तिवारी यादव वीरगन्ज
२o८२ श्रावण ९ शुक्रबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीद्वारा परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार १८:४२:oo

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन्। शुक्रबार तराई/मधेशको सुक्खा क्षेत्र अवलोकन गर्न हेलिकोप्टर चढेर बारा पुगेका प्रधानमन्त्रीले परवानीपुर बजारमा नवनिर्मित पालिका भवन उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित भवनले स्थानीय जनतालाई चुस्तदुरुस्त सेवा उपलब्ध गराउने बताए। पालिका गठन भएको समयमा स्थानीय तहको भवन निर्माण गर्ने योजनाअनुसार काम गर्ने जनप्रतिनिधि र निरन्तरता दिने कर्मचारीहरू सबैलाई उनले धन्यवाद ज्ञापन गरे।

प्रधानमन्त्री ओलीले मधेशका अधिकांश जिल्लामा निर्माणाधीन सडकमा पुल निर्माणको क्रम जारी रहेको भन्दै मधेशको धेरै विकास भएको बताए। बाँकी रहेका पुल निर्माणमा केही ठेकेदारको लापरबाहीका कारण ढिलाइ भएको उनको भनाइ थियो।

बारालाई माछा उत्पादनको सुपर जोन घोषणा गरेकाले अब यहाँका किसानको जीवन उकास्न मद्दत पुग्ने ओलीले बताए। नेपालको आवश्यकतालाई परिपूर्ति गर्दै कृषिमा आधुनिकीकरण तीव्र गतिमा बढेको र यसबाट ठुलो मात्रामा उत्पादन गरी त्यसलाई बजारसम्म पुर्‍याएर नयाँ नेपाल निर्माणको बाटोमा विकसित बनाउने लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रमममा प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारले करिब चार वर्षमा पालिकाको आन्तरिक स्रोत कुल तीन करोड २५ लाख ९१ हजार ५९१ रुपैयाँको लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न भएको जानकारी दिए।