मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 23 July, 2025
Invalid date format १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ साउनभित्र सञ्चालनमा ल्याउने गरी कुलेखानी सिमखोलामा बेलिब्रिज जडान कार्य तीव्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३३:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ स्थित सिमखोलामा बेलिब्रिज जडान कार्य तीव्र गतिमा अघि बढाइएको छ। गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त भएको पुलको स्थानमा अहिले नयाँ बेलिब्रिज राख्ने काम धमाधम भइरहेको हो ।

यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका प्रमुख इन्जिनियर नवीनकुमार सिंहका अनुसार साउन १५ भित्र बेलिब्रिज जडान कार्य सम्पन्न गरी सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ । उनका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ भने पुललाई आकार दिने गरी जडान कार्य भइरहेको छ ।

सिंहका अनुसार सिमखोलामा हालिनुपर्ने बेलिब्रिज ५७ मिटर लामो भएकाले भैँसे–भीमफेदी सडकखण्डअन्तर्गत घट्टेखोलाबाट १३ मिटर र मान्डु खोलाबाट ५० मिटर लामो गरी दुईवटा बेलिब्रिज झिकेर जडान कार्य भइरहेको छ । बेलिब्रिजसहित पक्की पहुँच मार्ग निर्माण र वरिपरि क्षतिग्रस्त सडक मर्मतका लागि गौरव इन्जिनियर्स प्रालिले एक करोड ७९ लाख रुपैयाँको ठेक्का पाएको हो ।

कम्पनीले गत वैशाखदेखि काम सुरु गरेको र अहिले प्लम्प वाल, मेसिनरी वाल, बेस निर्माणलगायतका कार्य सम्पन्न भइसकेको सिंहले जानकारी दिए । गत वर्षको भारी वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ‘ओभर फ्लो’ रोक्न खोलिएको गेटका कारण सिमखोलास्थित मूल पुल र सडकमा ठुलो क्षति पुगेको थियो । पुल भत्किएपछि हालसम्म उक्त सडकखण्डमा खोलाबाट डाइभर्सन गरी सवारीसाधन सञ्चालन हुँदै आएको छ ।