
छत्रेश्वरी गाउँपालिकामा डोजर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। बुधबार साँझ बा१ग ३५४० नम्बरको डोजर छत्रेश्वरी गाउँपालिका–१ फारुलीबोट नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा परी डोजर अपरेटर चित्रबहादुर खत्री र हिमलाल विक घाइते भएको छत्रेश्वरी गाउँपालिका–१ का वडाध्यक्ष प्रकाश हमालले जानकारी दिए। छत्रेश्वरी गाउँपालिका–१ को दमाचौर र वडा नम्बर २ को बुराँसे जोड्ने सडक निर्माणका क्रममा दमाचौरतर्फ तेल लिन आउने क्रममा ब्रेक फेल भएर डोजर दुर्घटना भएको हमालको भनाइ छ ।
डोजर सडकबाट करिब ५० मिटर तल खसेको छ । घाइते दुवैको टाउकोमा चोट देखिएको छ । घाइतेहरूको दमाचौरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि श्रीनगर पठाएको हमालले बताए।