मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
२o८२ श्रावण ७ बुधबार २१:२५:oo
Read Time : < 1 मिनेट
समाचार

समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई गाउँपालिकाले गर्‍यो जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार २१:२५:oo

बर्दियाको गेरुवा गाउँपालिकाले सम्झौताअनुसार समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीस्वरूप जरिवाना गरेको छ। पालिकाले सम्झौताअनुसार समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई कारबाही गरी २३ लाख ४२ हजार सात सय ५४ रुपैयाँ जरिवाना लिएको हो। 

सार्वजनिक खरिद ऐनमा तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाही हुने व्यवस्था छ। समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई दैनिक ०.०५ प्रतिशत जरिवाना हुने कानुनी व्यवस्था छ। पालिकाले सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीबाट जरिवाना संकलन गरेको हो। 

पालिकाभित्र सञ्चालित तारजाली र सडक निर्माणमा ढिला गर्ने निर्माण व्यवसायीलाई कारबाही गरी जरिवाना संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए। उनले भने, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीबाट २३ लाख ४२ हजार ७ सय ५४ रुपैयाँ जरिवाना संकलन गरेको हो।’

पालिकाका अध्यक्ष जमानसिंह केसीले पालिकाभित्र सञ्चालन भइरहेका विकास निर्माणमा हुने लापरबाही र ढिलासुस्तीलाई कम गर्न र तोकेको समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिएको बताए। उनले भने, ‘पालिकाले सञ्चालन गरेको विकास निर्माण समयमा सम्पन्न हुनुपर्छ। समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मानसमेत गरिएको छ।’