मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३ शनिबार १५:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वसचिव त्रितालद्वारा रवि लामिछानेको पक्षमा ऐक्यबद्धता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १५:२५:oo

पूर्वसचिव शारदाप्रसाद त्रितालले रवि लामिछानेको पक्षमा भइरहेको ऐक्यबद्धता अभियानमा हस्ताक्षर गरेका छन्। लामिछानेमाथि राज्यले ज्यादती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चलाएको हस्ताक्षर अभियानमा उनले ऐक्यबद्धता जनाएका हुन्। 

रास्वपाका सांसद गणेश पराजुलीका अनुसार केही दिनअघि त्रितालले अभियानमा हस्ताक्षर गरेका हुन्। अस्वस्थ रहेका पूर्वसचिव त्रितालले घरमै बोलाएर लामिछानेको पक्षमा हस्ताक्षर गरी ऐक्यबद्धता जनाएको पराजुलीले बताए। 

हस्ताक्षरपछि  त्रितालले भनेका छन्, ‘रविमाथि प्रतिशोध साधिएकोमा प्रश्नै छैन नि! सबैले देखेकै कुरा हो, जनप्रिय नेताहरूलाई यसरी खेद्न थाल्यो भने जनता विद्रोहमा जान पनि बाध्य हुन सक्छन्।’ 
पूर्वसचिव त्रिताल बालुवाटार जग्गा हिनामिना तथा त्रिविको जग्गा हिनामिनाको विषयमा गठन भएका जाँचबुझ समितिका संयोजक हुन्। 

लामिछानेको पक्षमा पूर्वन्यायाधीश बलराम केसी, पूर्वडिआइजी सुरेन्द्र पालले पनि हस्ताक्षर गरेका छन्। त्यस्तै, कुलमान घिसिङ र मधेश प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पनि हस्ताक्षर गरेका छन्। 

कलाकारहरू मनीषा कोइराला, विपिन कार्की, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, रेजिना उप्रेती, राजाराम अधिकारी, दीपेन्द्र के खनाल, खगेन्द्र लामिछाने, खेम सेञ्जुरीलगायतले पनि हस्ताक्षर गरेका छन्। 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि पार्टी कार्यालयमै पुगेर ऐक्यबद्धता जनाएका थिए। लामिछानेको पक्षमा हालसम्म २४ लाखभन्दा धेरैले हस्ताक्षर गरेको रास्वपाले जनाएको छ।

 हाल भैरहवा कारागारमा रहेका लामिछानेले आफ्नो पक्षमा हस्ताक्षर गरेर सहयोग गरिदिनु भनेर कारागारबाटै गत महिना आह्वान गरेका थिए।