मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ६ मंगलबार १३:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन महिनामा २३ सयभन्दा बढी विपतजन्य घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार १३:o४:oo

गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपतजन्य दुई हजार ३२६ घटनामा १०२ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपतमा परेर अझै २० जना हराइरहेका छन् । कुल ५१२ जना घाइते भएका छन् भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।

उनका अनुसार मनसुनी विपतसहितका विभिन्न प्रकारका विपतजन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्‍याएको उनले बताए ।

त्यसैगरी, पहिरोका २०७ घटनामा नौ र भारी वर्षाका १०३ घटनामा दुईजनाको मृत्यु भएको छ । चट्याङका २२९ घटनामा २८, सर्पदंशका ६३ घटनामा पाँच, आगलागीका ९७६ घटनामा १४ जनाको मृत्यु भएको छ ।

यस्तै, हुरीबतासका २७३ घटनामा आठ, जनावर आक्रमणका १२१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको मृत्यु भएको पनि उनले बताए ।  अन्यमा र डढेलोका १५८ वटा घटना, भूकम्पका चार, डुंगा पल्टिएका दुई, असिनापानीका दुई घटना भएको, तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार २५४ घर प्रभावित बनाएको छ । यस्तै पहिरोले २४१, भारी वर्षाले ५४७, चट्याङले २६४, सर्पदंशले ७० र आगलागीले एक हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जानकारी दिएको छ । 

डढेलोबाट २७, हुरीबतासबाट ५३१, जनावरको आक्रमणबाट १८६, लेक लागेर ३२, डुंगा पल्टिएर पाँच, असिनापानी र हुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।