मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ६ मंगलबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेका केन्द्रदेखि सबै कमिटीमा ४० प्रतिशत कोटा नयाँ र युवालाई छुट्याउन सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार १८:o५:oo

एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले हरेक महाधिवेशन र मातहत कमिटीका अधिवेशनहरूमा ४० प्रतिशत नयाँ तथा युवाबाट कमिटीमा निर्वाचित गर्ने व्यवस्था राख्न सुझाएका छन्।

जारी केन्द्रीय कमिटी बैठकमा विधानमाथिको छलफलमा भाग लिँदै ढुंगेलले ६० प्रतिशत वहालवाला केन्द्रीय कमिटी र ४० प्रतिशत नयाँ युवालाई प्रतिस्पर्धाको क्लस्टर छुट्याउन सुझाव दिएका हुन्। उनले प्रतिस्पर्धा पनि नयाँ र पुरानाबिच अलग-अलग गराउन सुझाव दिएका छन्।

ढुंगेलले कार्यकर्ता धेरै भएको र निर्वाचनको नजिक पार्टी रहेकाले केन्द्रीय कमिटी, प्रदेश कमिटी, आयोग र विभागहरूको संख्यामा लचिलो हुनुपर्ने बताए।

ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय प्रक्रियागत त्रुटि वा प्रक्रियामा नभएर उच्च राजनीतिक समझदारी तथा निर्णयको विषय हुनुपर्ने बताएका छन्।