
नेपाल पुलिस क्लबले सोमबार एन्फा यू–१६ लिगमा आफ्नो अपराजित यात्रा सातौँ खेलसम्म पुर्याएको छ । पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई २–० ले हरायो । सातदोबाटोस्थित एन्फा मैदानमा पुलिसलाई जित दिलाउन समीर तामाङले दुवै गोल गरेका थिए ।
लिगमा मच्छिन्द्रको यो पहिलो हार हो । समीरले नवौँ मिनेटमा पुलिसलाई १–० को अग्रता दिलाए । खेलको १९औं मिनेटमा उनले पुलिसलाई २–० को स्थितिमा राखे । लिगमा पुलिसको यो छैटौं जित हो ।
उसले एक खेलमा बराबरी नतिजा निकालेको थियो । पुलिसले १९ अंक बटुलेको छ । मच्छिन्द्रले ६ खेलबाट १४ अंक जोडेको छ । अर्को खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी)लाई ३–१ ले हरायो । चर्च ब्वाइजले श्री भगवती क्लबलाई ४–२ ले पाखा लगायो ।