मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ५ सोमबार १८:४६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड’मा नेपा डान्स एकेडेमीका विद्यार्थीको उत्कृष्ट प्रस्तुति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १८:४६:oo

नृत्य प्रशिक्षण संस्था नेपा डान्स एकेडेमीका १० विद्यार्थीहरूको टोलीले दुबईमा सम्पन्न ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड २०२५’मा उत्कृष्ट प्रस्तुति दिएका छन्।

विश्वस्तरीय उक्त नृत्य प्रतियोगितामा सहभागी भई विद्यार्थीहरूले विभिन्न नृत्य शैलीहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरेका नेपा डान्स एकेडेमीले जनाएको छ। प्रतियोगितामा विश्वका विभिन्न ३० राष्ट्रहरूबाट आएका उत्कृष्ट डान्स क्रुहरू सहभागी थिए।

नेपा डान्स एकेडेमीका विद्यार्थीहरू सेमिफाइनलमा शीर्ष २ स्थानमा पर्दा फाइनलमा शीर्ष ५ स्थानमा पर्न सफल भए। यो उपलब्धिले नेपाली नृत्यकलालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको एकेडेमीले जनाएको छ।