
बेस्ट फाइनान्सले ग्रिन सेभिंग्स डिपोजिट योजना ल्याएको छ । जलवायु परिवर्तनले ल्याउने जोखिम न्यूनीकरण गर्न, प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र वातावरण प्रदूषणको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित ग्रिन फाइनान्सिङका लागि स्रोत जुटाउने उद्देश्यले बेस्ट फाइनान्सले उक्त योजना ल्याएको हो । त्यसका लागि हरेक ग्राहकका तर्फबाट एउटा बिरुवा रोपिदिने व्यवस्था फाइनान्सले मिलाएको छ ।
स्थानीय निकायसँग समन्वय गरी बिरुवा रोप्न खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने र उक्त बिरुवा रोपेर हुर्काउने र पाँच वर्षपछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि फाइनान्सले लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालसँगको साझेदारीमा गोदावरी नगरपालिका– १ मा फाइनान्स र लायन्सको संयुक्त आयोजनामा गोदामचौरस्थित खाली जग्गामा पाँच सय बिरुवा रोपेको बताएको छ ।
वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका– १ का अध्यक्ष श्रीराज थापा, फाइनान्सका अध्यक्ष प्राडा रामजी गौतम, सिइओ घर्तीलगायतको उपस्थिति थियो ।