मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिलले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५५:oo

नबिल बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड पाएको थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा परीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दीपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए । 

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि समेत मनोनीत हुनेछ । हाल बैंकले देशभरका दुई सय ६८ शाखा र तीन सय २१ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।