१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २२ आइतबार o९:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रधानमन्त्रीसँग मलेसियाका व्यवसायीको लगानीको सम्भावनाबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार o९:४९:oo

नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरू नेपालमा नयाँ उद्यमका लागि अर्थपूर्ण व्यावसायिक तथा दुुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृत रूपमा बुुझ्न भ्रमणमा आएको बताए । 

प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुुनी र संरचनात्मक सुधार गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे । उनले आगामी दिनमा के–कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सधैँ व्यवसायीसँग सहकार्यमा रहने प्रतिबद्धतासमेत जनाए ।

प्रतिनिधिमण्डलले आफूहरूले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा काम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।