१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १२ बिहीबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवाले तत्काल कोर्स करेक्सन गर्नुपर्छ : प्रभु साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार २o:o२:oo

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको वर्तमान गठबन्धन अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रि भएको भन्दै कोर्स करेक्सन गर्नुपर्ने बताएका छन्।

बिहीबार वीरगन्जमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा साहले केपी ओली नेतृत्वको सरकार नेपाली जनताका लागि बोझ भएको टिप्पणी गरे।

उनले भने, ‘केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो। शेरबहादुर देउवाले तत्काल कोर्स करेक्सन गर्नुपर्छ। नेचुरल गठबन्धनमा जाँदा नै देशको हित हुन्छ। केपी ओली अहिले पनि विरोधीलाई तर्साउने खेलमा छन्। सकेसम्म सानालाई निल्ने उनको प्लान हो।’

अध्यक्ष साहले वीरगंजबाट तीनजना नेता संघीय सरकारमा भए पनि बजेटमा वीरगंजले न्याय नपाएको भन्दै असन्तुष्टि पोखे। वीरगन्जको नारायणी अस्पताललाई मेडिकल कजेल, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय, नारायणी रंगशालालाई अन्तर्राष्ट्रियस्तरको स्मार्ट र स्तरीय रंगशाला तथा वीरगन्जलाई आर्थिक राजधानीको रूपमा सरकारले घोषणा गर्दै सोहीअनुसार बजेट दिने विश्वास भए पनि त्यसो नभएको उनको भनाइ छ।

साथै, उनले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरू केही नभएको टिप्पणीसमेत गरे। युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरु लावालस्करसहित विदेश जानुको कुनै अर्थ नभएको उनको भनाइ थियो।