१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

दुर्गमका प्रहरी चौकीको यस्तो हालत, गृहमन्त्री लेखकलाई हतियार किन्ने चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार o८:o४:oo

यो हो चीनको सीमानजिकै पर्ने दार्चुलाको टिंकरस्थित छायालेक प्रहरी चौकी । ३४०० मिटर उचाइमा भत्किएको गाह्रो र चुहिने छानोभित्र बसेर सीमाको सुरक्षा गर्नुपर्ने अवस्था प्रहरीलाई छ । तर, वर्षौँदेखिको यो हविगत फेरिएको छैन ।

दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहाल छायालेक चौकीको भवन निर्माणका लागि कहीँबाट बजेट नआएको बताउँछन् । ‘प्रदेश सरकारले मर्मतसम्भारमा थोरै बजेट दिने रे भन्ने अनौपचारिक रूपमा सुनिएको छ, त्यसबाहेक अन्य ठाउँबाट भवन निर्माणका लागि बजेट आउन सकेन,’ उनले भने । टिंकरमा अहिले असइ मानबहादुर रोकाया नेतृत्वमा १३ प्रहरी कार्यरत छन् । चिसो मौसममा आगो तापेर रात गुजार्नुपर्ने भए पनि दाउरासमेत अभाव रहेको प्रहरीहरू गुनासो गर्छन् ।

४२१ कार्यालय अरू निकायको भवनमा आश्रित 
देशभर नेपाल प्रहरीका दुई हजार ६६० कार्यालय छन् । जसमध्ये एक हजार ८६९ को मात्र आफ्नो भवन छ । ३७० कार्यालय भाडाका घरमा सञ्चालित छन् । ४२१ कार्यालय अन्य निकायको भवनमा आश्रय लिएर चलेका छन् । आफ्नै भवन भएर पनि ८०२ कार्यालयमा शौचालयसमेत नभएको प्रहरीकै तथ्यांक छ ।

त्यस्तै, ८४३ कार्यालयको ब्यारेक र ८३३ कार्यालयमा मेस पनि छैन । भौतिक पूर्वाधारका अभावमा प्रहरीलाई काम गर्न कठिन भएको भन्दै  प्रहरी प्रधान कार्यालयले बजेटका लागि पटक–पटक गृह मन्त्रालयलाई पत्राचार गर्दै आएको छ ।

तर, गृहले चासो दिएको छैन । प्रहरीले गुणस्तरीय पोसाकसमेत लगाउन पाएका छैनन् । हेडक्र्वाटरले दिने पोसाक केही महिनामै फाट्ने भएकाले प्रहरीहरू आफ्नै तलबबाट पोसाक खरिद गरेर लगाउनुपर्ने बाध्यतामा छन् ।