१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
२o८२ असार २ सोमबार o९:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चोरखोलामा पहिरो आएपछि राप्ती राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २ सोमबार o९:३९:oo

सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिकै पहिरो जाँदा राप्ती राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ। राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको चोरखोलामा वर्षापछि आएको पहिरोले सडकपूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

सडकमाथिबाट आएको ठुलो पहिरोका कारण पहिरो हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। प्रहरी र सडक विभागको टोली पहिरो स्थलमा राति नै पुगेर पहिरो हटाउने कार्य भइरहेको उनकाे भनाइ छ।  चोरखोलामा निरन्तर पहिरो जाँदा पटक–पटक राजमार्ग अवरुद्ध हुँदै आइरहेको छ । सडक अवरुद्ध हुँदा यातायातका साधन बिचबाटो नै अलपत्र परेका छन्।