१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३० शुक्रबार ११:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार ११:४o:oo

गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ। इच्छाकामनाका उर्दाङढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र  इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् ।

होटेल व्यवसायी संघका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् ।  ‘चितवनका तराई क्षेत्रमा गर्मी बढ्दोे छ, तर यहाँ गर्मीको महसुस नै हुँदैन, जाडो छ,’ पूर्वअध्यक्ष ढकालले भने ।   

गर्मी बढेसँगै मायाटारसहित उर्दाङगढी, घुर्केश, हात्तीवाङलगायत गाउँका घरबास भरिभराउ छन् । इच्छाकामना– २, मायाटारमा घरबास सञ्चालन गर्दै आएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताए । उनले भने, ‘यहाँ बाह्रै महिना पर्यटकहरू आउने गर्छन्, तर गर्मी मौसम आन्तरिक पर्यटककको चाप बढ्ने गरेको छ ।’

उनका अनुसार गत वर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताए । 

हाल घुर्केशमा १४ र मायाटारमा दुईवटा घरबास सञ्चालनमा रहेकाे जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पालिका क्षेत्रका  पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताए ।