१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 13 June, 2025
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित प्रहरी जवान पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

धनगढीमा लागुऔषध खैरो हेरोइनसहित एकजना प्रहरी जवान पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत २७ वर्षीय चिरञ्जीवी बिसीलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् । केही दिनअघि मात्र धनगढीको त्रिनगर प्रहरी चौकीमा कार्यरत एक जवान पनि लागुऔषध सेवन गरेको अवस्थामा प्रक्राउ परेका थिए । उनको साथबाट लागुऔषध बरामद नभएपछि प्रहरीले पक्राउबारे सार्वजनिक गरेको थिएन ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले मंगलबार लागुऔषध मुद्दामा सातजनालाई पक्राउ गरेको छ। धनगढी, गोदावरी र घोडाघोडी नगरपालिकाबाट लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका सबैबाट २७ ग्राम ३८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

घोडाघोडी नगरपालिका– १ का उमेशनाथ योगी, विनोद परियार, नवीन मिजार, दिनेशबहादुर विष्ट र घोडाघोडी– २ का मुकेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। त्यस्तै, गोदावरी– १ का कमल रिजाललाई पनि प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।