१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका क्यालिफोर्निया
२o८२ जेठ २८ बुधबार १३:१९:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालयको स्थापना गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यालिफोर्निया
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १३:१९:oo

नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरेकाे छ । यस निर्णयले नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको छ। यो निर्णयले दुई देशबिचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। नेपालको परराष्ट्र मन्त्रालयबाट खटाइएका कूटनीतिक कर्मचारी ऋषिराज आचार्य र देवदूत ढकालको टोली क्यालिफोर्नियामा आइपुगेकाे छ।

मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डे, देउराली फाउन्डेसनका संस्थापक माधव मरासिनी, गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरिप्रसाद ओझा, उपाध्यक्ष वासु क्षेत्री, कोषाध्यक्ष तेजेन्द्र बराल र अन्य समाजसेवीहरूले उनीहरूको भव्य स्वागत गरे। कन्सुलेटको स्थापनाले नेपाली डायस्पोराको हित संरक्षण, व्यापार, पर्यटन र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

सान फ्रान्सिस्कोको कन्सुलेट कार्यालयले क्यालिफोर्निया र वरपरका राज्यहरूमा बसोबास गर्ने नेपाली नागरिकलाई विभिन्न कन्सुलर सेवाहरू प्रदान गर्नेछ। यी सेवाहरूमा पासपोर्ट नवीकरण, भिसासम्बन्धी जानकारी र नेपाली नागरिकहरूलाई आवश्यक पर्ने अन्य प्रशासनिक सहायता समावेश छन्। यो कार्यालयले नेपाली समुदायलाई स्थानीयस्तरमा सहज र प्रभावकारी सेवा प्रदान गरी उनीहरूको दैनिक जीवनमा आउने प्रशासनिक जटिलताहरूलाई समाधान गर्नेछ। यसका अतिरिक्त, कन्सुलेटले नेपाल र अमेरिकाबिचको व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्न, पर्यटनलाई प्रोत्साहन गर्न र सांस्कृतिक आदान–प्रदानलाई विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नेपाल सरकारले यो कन्सुलेटलाई विदेशमा बस्ने नेपाली समुदायको हित रक्षाका लागि प्राथमिकतामा राखेको छ, जसले नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई बलियो बनाउनेछ।