१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
२o८२ जेठ २९ बिहीबार २१:४७:oo
Read Time : < 1 मिनेट
समाचार

मकवानपुरमा चट्याङ लागेर एक किशोरको मृत्यु, अर्का एकजना व्यक्ति घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार २१:४७:oo

मकवानपुरको कैलाशमा चट्याङ लागेर एकजना बालकको ज्यान गएको छ भने अर्का एकजना व्यक्ति घाइते भएका छन्। ज्यान गुमाउनेमा कैलाश गाउँपालिका वडा नम्बर ९, थामलेकका प्रकाश गोलेका १४ वर्षीय कान्छा गोले रहेका छन्।

मकवानपुर प्रहरीका अनुसार बुधबार परेको चट्याङ लागेर कान्छा गोलेको घटनास्थलमै मृत्यु गएको हो। उनी घरको पेटीमा खाटमा बसिरहेको समयमा चट्याङ लागेको थियो। यस्तै, बिहीबार बागमती गाउँपालिका वडा नम्बर २, देउरालीगाउँमा चट्याङ लागेर अर्का एकजना व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ चट्याङ लागेर घाइते भएका हुन्। अविरल वर्षासँगै परेको चट्याङका कारण कम्मरमुनिको भाग नचल्ने अवस्थामा पुगेका श्रेष्ठको अवस्था मध्यम रहेको र उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैगरी, प्रहरीका अनुसार सोही स्थानका कमलजंग रानामगरको जस्ताले छाएको इँटाको एकतले घरमा चट्याङले आंशिक क्षति पुर्‍याएको छ।