१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २८ बुधबार १३:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कटारीस्थित वनको २३ बिघा जग्गा व्यक्तिको हुने सर्वाेच्चको फैसला (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १३:oo:oo

 सर्वाेच्च अदालतले उदयपुरको कटारीस्थित राष्ट्रिय वनमा पर्ने २३ बिघा जग्गा व्यक्तिको हुने फैसला गरेको छ । सो जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता भएको भन्दै यसअघि मालपोत कार्यालयले दर्ता खारेज गरी राष्ट्रिय वन कायम गरेको थियो ।

गत ११ जेठमा सर्वाेच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनील पोखरेलको इजलासले उच्च अदालत ओखलढुंगाको आदेश उल्ट्याउँदै जग्गा व्यक्तिको हुने फैसला गरेको हो । फैसलाको पूर्णपाठ आइसकेको छैन । 

हाल कटारी नगरपालिका– २ मा पर्ने सो जग्गा ०२९ मा लक्ष्मीप्रसाद अधिकारीलगायतको नाममा दर्ता भएको थियो । वनको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता भएको उजुरीका आधारमा वन कार्यालयले छानबिन गरी ०७३ मा दर्ता खारेज गरेको थियो । त्यसविरुद्ध जग्गाको दाबी गर्नेहरू उच्च अदालत ओखलढुंगा पुगेका थिए । तर, उच्चले उनीहरूको रिट खारेज गरिदिएको थियो । उच्चको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा परेको उत्प्रेषणको निवेदनमा सर्वाेच्चले पुरानो फैसला उल्टाएको हो ।