१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 12 June, 2025
सौरभ यादव राजविराज
Invalid date format १५:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराज नगरपालिकाको आन्दोलनमा पूर्वमन्त्री यादव

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १५:३८:oo

राजविराज नगरपालिका शिक्षा अधिकृतलाई निमित्त हाकिम बनाएको भन्दै जारी आन्दोलनमा पूर्वमन्त्री नै सडकमा उत्रिएका छन्।

राजविराज नगरपालिकाका निलम्बित नगरप्रमुख भीमराज यादवले थालेको आन्दोलनमा नेपाल सरकारका पूर्वमन्त्री उमेशकुमार यादवले समर्थन जनाएका हुन्।‌ आन्दोलनस्थलमा पुगेर यादवले जनताको आवाजलाई दमन गर्न खोजेपछि आफू आन्दोलनमा आएको बताए। 

संघीय मामिला मन्त्रालयबाट उपसचिवस्तरका डा. श्रवणकुमार साहको सरुवा गरी राजविराज शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन लागेको विरोधमा राजविराज नगरपालिकामा तोडफोड भएको छ। 

निलम्बित नगरप्रमुख भीमराज यादवको नेतृत्वमा आएका स्थानीयवासीले नगरपालिकामा तोडफोडसहित आन्दोलन गरेका हुन्।