१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
२o८२ जेठ २७ मंगलबार १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक वनद्वारा उपभोक्तालाई बाख्रा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १४:४९:oo

सल्यानको एक सामुदायिक वन समितिले आफ्ना उपभोक्तालाई बाख्रा वितरण गरेको छ। जिल्लाको शारदा नगरपालिका– ९ स्थित नयाँ बस्ती सामुदायिक वन उपभोक्ता समितिले आर्थिक सशक्तीकरण तथा व्यावसायिक कृषिमा स्थानीयवासीलाई प्रोत्साहन गर्न बाख्रा वितरण गरेको हो  । 

नयाँ बस्तीमा रहेका आफ्ना सम्पूर्ण २३ घरधुरी उपभोक्तालाई एक–एकवटा बाख्रा वितरण गरेको वन समितिका अध्यक्ष कर्ण थापाले जानकारी दिए । सामुदायिक वनमा सञ्चालित घुम्ती कोषको उपयोग गर्दै गरिएको यो पहलले गाउँमा वैकल्पिक आयआर्जनका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

थापाका अनुसार बाख्रा खरिदका लागि प्रति घरधुरी १५ हजार रुपैयाँका दरले लगानी उपलब्ध गराइएको हो। त्यसमा उपभोक्ताले पाँच प्रतिशत योगदान गर्ने व्यवस्था मिलाइएको छ  । उनले भने, ‘हामीले प्रत्येक परिवारलाई १५ हजार रुपैयाँ उपलब्ध गराएका छौँ, यसमा प्रतिबाख्रा १८ देखि २० हजार रुपैयाँसम्म लागत परेको छ, कुल तीन लाख ४५ हजार रुपैयाँ खर्च भएको छ ।’

उनले आफ्नो वन क्षेत्रमा बाख्रापालनको राम्रो सम्भावना रहेको बताए । ‘पर्याप्त चरिचरण क्षेत्र, वनको व्यवस्थापन र किसानको अनुभवलाई ध्यानमा राख्दै हामीले यो कार्यक्रम ल्याएका हौँ,’ उनले भने । बाख्रापालनले ग्रामीण समुदायमा रोजगारी सिर्जना गर्नुका साथै दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास समितिले लिएको छ ।
वितरण गरिएका बाख्रा उपभोक्ताले बिक्री गर्न नपाइने नियम राखिएको छ, जसले दीर्घकालीन लाभ सुनिश्चित गर्ने समितिको उद्देश्य रहेको छ । कार्यक्रममा सहभागीहरूले सामुदायिक वनको घुम्ती कोषलाई यस्ता व्यावसायिक कार्यमा प्रयोग गर्नु सकारात्मक पहल भएको प्रतिक्रिया दिएका छन् । स्थानीयस्तरमा पहिलोपटक गरिएको यसप्रकारको पहलले अन्य सामुदायिक वनहरू र उपभोक्ता समूहहरूका लागि पनि उदाहरणीय अभ्यास बन्न सक्ने देखिएको छ ।