१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
२o८२ जेठ २८ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अखिल नेपाल महिला संघ धनकुटामा कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार ११:४४:oo

नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ धनकुटाको आठौँ जिल्ला अधिवेशनले गोमा कार्कीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ समिति गठन गरेको छ। निकै लामो रस्साकस्सीका बाबजुद गएराति अबेर सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट गोमा कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।

निवर्तमान अध्यक्ष मनकुमारी तितुङ (तारा)  र सचिव गोमा कार्कीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए। रातभरको प्रयासपछि तितुङले उम्मेदवारी फिर्ता लिएपछि कार्की अध्यक्षमा निर्वाचित भएकी थिइन् । उक्त कमिटीको उपाध्यक्षमा टंकमाया मगर र अस्मिका राई, सचिवमा सम्झना आले, उपसचिवमा मेनुका पौडेल र कोषाध्यक्षमा शान्ता रसाइली सर्वसम्मत निर्वाचित भएको एमाले धनकुटाले जनाएको छ।

अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मञ्जु काफ्लेले उद्घाटन गरेको उक्त अधिवेशनबाट ६ जना पदाधिकारीसहित ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको एमाले धनकुटाले जनाएको छ। अधिवेशनको उद्घाटन सत्रमा पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राई, पार्टीका केन्द्रीय सदस्य विनादेवी राई, सकुन्तला बस्नेत, प्रदेश सभाका सदस्य निरन राई, इन्द्रमणि पराजुली, अनेम संघका केन्द्रीय सदस्य यज्ञकुमारी रुचाल, मञ्जु कार्कीलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।