
बर्दियामा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेका बारबर्दिया नगरपालिका– १० का ६६ वर्षीय जमिल अहमद जागाल रहेका छन् ।
गत वैशाख १६ गते बनखेतवा नालामा बाख्रा चराउन गएको वेलामा आर्थिक प्रलोभनमा पारेर जागालले बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । बालिकाको आमाले जेठ २६ गते घटनाबारे इलाका प्रहरी कार्यालय मोतीपुरमा जाहेरी दिएकी थिइन् ।
प्रहरीले घटनाका आरोपितलाई जेठ २६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए । उनले भने, ‘घटनाका आरोपितलाई पक्राउ गरी बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’
बालिकाको बर्दिया अस्पताल गुलरियामा जेठ २६ गते स्वास्थ्य जाँच गरिएको छ ।