
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सोमपाल कामी र गुल्सन झा प्रशिक्षणका क्रममा घाइते भएका छन्। सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेको नेपाल क्रिकेट संघले जनाएको छ।
उनीहरू दुवैले आइसिसी विश्वकप लिग– २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको बाँकी खेलसहित त्यसपछिको टी–२० आई त्रिकोणीय शृंखलाका खेलहरूमा समेत गुमाउने भएका छन्।
लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ।