१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
२o८२ जेठ २७ मंगलबार १५:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बास्केटबलका रेफ्रीलाई प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १५:५o:oo

बास्केटबलका रेफ्रीहरूका लागि पोखरामा आयोजना गरिएको प्रशिक्षण सम्पन्न भएको छ।

नेपाल बास्केटबल संघ गण्डकी प्रदेशको आयोजनामा सम्पन्न तीनदिने प्रशिक्षणमा प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक, पूर्वबास्केटबल खेलाडीलगायत ३२ जना सहभागी भएका आयोजक संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए।

प्रशिक्षणमा सहभागीहरूलाई फिफा रेफ्री राजकुमार महर्जनले खेलका विविध पक्षमा सहजीकरण गरेका थिए।

प्रशिक्षणको समापन गर्दै गण्डकीका प्रदेश सभा सदस्य प्रकाश बरालले तीन दिनको अवधिमा सिकेको सिप व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै खेललाई विवादरहित र मर्यादित बनाउन रेफ्रीहरूको अहं भूमिका रहने भएकाले सोहीअनुसार काम गर्न आग्रह गरे।

कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जुमप्रसाद गुरुङ, संघका सल्लाहकारद्वय सुनील गुरुङ, नारायण शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर, संघका उपाध्यक्ष किरण सापकोटा, महासचिव विष्णुकुमार गुरुङलगायतले तालिमबाट प्राप्त सिप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए।