
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग- २ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । यस खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले यस सिरिजमा पहिलोपटक पहिला ब्याटिङ गर्न लागेको छ ।
यस खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी, गुल्सनन झा र आसिफ शेखलाई बाहिर राख्दै नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई अवसर दिइएको छ ।
नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी