१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २७ मंगलबार o८:३५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक राजेन्द्र महर्जनलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार o८:३५:oo

केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्षको आकांक्षा नपाल्न सन्देश दिनुले के अर्थ राख्छ?
केपी ओलीलाई अहिलेसम्म पार्टीभित्रबाट नेतृत्वका लागि कसैले चुनौती दिने आँट गर्न सकेको थिएन । त्यहाँभित्र पनि विभिन्न गुट, उपगुट छन् । तिनीहरूको आक्रोश र असन्तुष्टिलाई समेट्न सक्ने, नेतृत्व दिन सक्ने दरिलो व्यक्ति एमालेभित्र भेटिएको थिएन । आफूहरूले विकल्प खोजिरहेको यस्तो समयमा राजनीतिमा सक्रिय हुन खोजिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति उनीहरू ‘लोयल’ देखिनु स्वाभाविक हो । तर, आफैँले ‘गु्रम’ गरेर हुर्काएको व्यक्ति आफ्नै विकल्प बन्न सक्ने र आफूमाथि नै प्रश्न गर्न सक्ने सम्भावना ओलीलाई स्वीकार्य नभएको रूपमा यसलाई बुझ्नुपर्छ ।

यसले एमालेमा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको संकेत गरेको हो ?
पक्कै पनि हो । त्यहाँ विभिन्न गुट, उपगुट छन् । त्यहाँ विभिन्न स्वार्थ समूह पनि छन् । ओलीबाट असन्तुष्ट उनीहरूले नेतृत्वमा उभिन सक्ने या उभ्याउन सकिने आइकन नभेटिरहेको समयमा भण्डारीलाई विकल्पका रूपमा उभ्याउने कोसिस गरेका हुन् । यसबाट आफ्नो पद खोसिने भयबाट आक्रान्त ओलीले यसलाई समस्याका रूपमा बुझेर पहिल्यै त्यसको सम्भावना समाप्त पार्न खोजेका हुन सक्छन् । 

यसलाई एमालेभित्र पुराना गुट, उपगुट भत्किने र नयाँ बन्ने क्रम सुरु भएको संकेत मान्न सकिएला ?
एमालेभित्र असन्तुष्टिहरू धेरै छन् । नेतृत्वलाई सिधै ‘च्यालेन्ज’ गर्न सकिने अवस्था छैन । नेतृत्वलाई प्रश्न मात्र गरेमा पनि उसको ‘करिअर’ नै सिध्याइदिने अवस्था छ । यस्तो अवस्थामा असन्तुष्टहरूले संगठित हुनु, विकल्प खोज्नु अन्यथा होइन । वैचारिक रूपमा अन्तरपार्टी द्वन्द्व भएमा यसले पार्टीलाई बलियो नै बनाउँछ । तर, एउटै विचारधारा, एउटै स्कुलिङबाट आएका दुई व्यक्ति या पक्षबीच वैचारिक द्वन्द्वको सम्भावना हुँदैन । यसबाट दुई पक्षबीच प्रतिस्पर्धा मात्र बढ्न सक्छ ।